- ADVERTISEMENT -

काठमाडौं महानगरले दिने साइबर सुरक्षा तालिमका लागि ८ हजार बढीले दिए आवेदन

January 17, 2024
80
Shares
- ADVERTISEMENT -

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गर्न लागेको साइबर सुरक्षा तालिममा आठ हजार बढीले आवेदन दिएका छन् । टेकपानासँग कुरा गर्दै तालिम संयोजक देवेन्द्र केसीले मङ्गलवारसम्म यो संख्यामा आवेदन आएको जानकारी दिए । 

“साइबर सुरक्षाको तालिम लिन आठ हजार बढीले अनलाइन आवेदन दिएका छन्,” केसीले भने, “हामी सुरुवाती चरणमा चार हजारलाई तालिम दिन्छौं । इच्छुक अन्य व्यक्तिलाई हामी अन्य विषयकाे तालिममा सहभागी बनाउँछौं ।”

- ADVERTISEMENT -

Advertisement

सुरुवाती चार हजार छनोटका लागि मापदण्ड तयार भएकाे बताउँदै उनले प्रविधि क्षेत्रमा सक्रिय व्यक्तिलाई प्राथमिकता दिएर सहभागी छनाेट गरिने बताए ।

“मापदण्ड के राख्ने भन्ने विषयमा छलफल गरिरहेका छौं,” उनले भने, ‘छिट्टै हामी मापदण्ड तयार पारेर छनोट गरी तालिम सञ्चालन गर्नेछौं ।” उनका अनुसार छनोट भएका आवेदकलाई तालिममा कसरी सहभागी हुने भन्नेबारे जानकारी ईमेल तथा फोनबाट जानेछ ।

- ADVERTISEMENT -

Advertisement

साइबर सुरक्षाको तालिम अनलाइन माध्यमबाट दिइने भएकाले इन्टरनेटको पहुँच भएको जुनसुकै ठाउँबाट सहभागी हुन सकिने उनले जनाए । साइबर सुरक्षाको तालिमका लागि आवेदन दिन छुटेका इच्छुक व्यक्तिले यहाँ क्लिक गरी आवेदन दिन सक्नेछन् । 

तालिममा स्मार्टफोन, ईमेलहरूमा प्राप्त हुने मेसेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेसनको आधिकारिकता, जोखिम लगायतका विषयमा सिक्न पाइनेछ । त्यस्तै प्रोग्रामिङ, नेटवर्किङ र डेटा स्टाेरेजका लागि क्लाउडका आधारभूत पक्षबारे सिक्न सकिनेछ ।

यो तालिममा ईसी काउन्सिल र ग्याप टेक्नोलोजिज साझेदार रहेका छन् ।

साइबर सुरक्षाका लागि छनोट नभएका आवेदकलाई पछि ग्राफिक्स डिजाइनिङ, सोसल मिडिया मार्केटिङ लगायतका कोर्समा तालिम दिइने आयोजकको भनाइ छ ।

​तालिममा सहभागी हुन इच्छुकले यहाँ क्लिक गरी आवेदन दिन सक्नेछन् । यसअघि साइबर सुरक्षा तालिमका लागि आवेदन दिइसकेकाले पुनः आवेदन दिनुनपर्ने तालिम संयोजक केसीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -