चितवन, बुधबार, ११ जेठ २०७९ । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि नवनिर्वाचित नेकपा माओवादी केन्द्रकी रेणु दाहालले आज पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण गरेसँगै मेयर दाहाललेले तीन वटा महत्वपूर्ण निर्णय गर्नु भएको छ ।
भरतपुरका सरकारी अस्पतालमा अब जन्मिने नगरवासी छोरीको निःशुल्क जीवन बीमा गरिदिने उनले निर्णय गर्नुको साथै, बीमा रकम एक लाख रुपैयाँको हुने र १५ वर्ष अवधिको हुने उहाँले बताउनु भयो ।
साथै, उहाँले सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकको महसुल छुट गरिदिने निर्णय गरेको बताउनु भयो । आगामी आर्थिक वर्षदेखि निर्णय कार्यान्वयन भएपछि महिनामा सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई कुनै शुल्क नलाग्ने भएको छ ।
यस निर्णयबाट महानगरका करिब ५२ प्रतिशत ग्राहक लाभान्वित हुने उहाँको अनुमान छ । मेयर दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्मका सबै जनतामा खानेपानीको पहुँच पुर्याउने बताउनु भयो ।









































