Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३४:१२ बिहान
- ADVERTISEMENT -

गोरखामा स्थानीय तह निर्वाचनका लागी खटिने कर्मचारीलाई तालिम

प्रकाशित मिति: २०७९ वैशाख २५, आइतबार

674
Shares

गोरखा, आइतबार, २५ वैशाख २०७९ । निर्वाचन कार्यालयले जिल्ला भित्रका सबै पालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा खटिने कर्मचारीहरुलाई बिहिवारदेखि आज शनिबारसम्म निर्वाचन संचालन तथा ब्यवस्थापनका बारेमा प्रशिक्षण दिएको निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोइरालाले बताउनु भयो ।

बिहिवार पालुङ्टार नगरपालिका, धार्चे, चुमनुब्री र गण्डकी गाउँपालिकाका मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिइएको हो । यस्तै शुक्रवार बारपाक सुलिकोट, शहिद लखन, आरुघाट र अजिरकोट गाँउपालिकामा खटिने कर्मचारीलाई तालिम दिइको हो भने आज बाँकी ३ पालिका गोरखा नगरपालिका, भिमसेन थापा र सिरानचोक गाँउपालिकामा खटिने कर्मचारीहरुलाई प्रशिक्षण तालिम दिएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनमा खटिने कर्मचारीले कार्य स्थलमा पालना गर्नुपर्ने नियम, निर्वाचन सामग्री बुझेर लगेपछि गर्नुपर्ने ब्यवस्थापन, ढुवानी ब्यवस्थापन, मतदान प्रक्रिया बारे गराउनुपर्ने जानकारीको बारेमा सिकाइएको कार्यालयका प्रमुख कोइरालाले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत दिनबन्धु बराल, प्रमुख जिल्ला अधिकारी संकरहरी आचार्य, जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईराला, बिभिन्न पालिकामा खटिएका निर्वाचन अधिकृतहरुले सहभागीलाई प्रशिक्षण दिनु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -