Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४०:५० दिउँसो
- ADVERTISEMENT -

पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन

प्रकाशित मिति: २०७८ चैत ८, मंगलबार

674
Shares

पोखरा, मंगलबार, ८ चैत्र २०७८ । पोखरा महानगरपालिकाले देशभरका स्थानीय न्यायिक समितिको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । पहिलो जनप्रतिनिधिको कार्यकाल उत्तरार्द्धमा पुगिसकेको बेला पोखराले सिकाइ अनुभव आदान प्रदान गर्न सम्मेलनको आयोजना गरेको हो । हालसम्म न्यायिक समितिले गरेका असल अभ्यास र चुनौतीका विषयमा छलफल गरी अप्ठ्याराहरुको समाधान निकाल्न सम्मेलन आयोजना गरिएको पोखरा महानगरकी उपमेयर मन्जुदेवी गुरुङले बताइन् ।

१४ चैतदेखि सम्मेलन पोखरा सभागृहमा हुनेछ । सोही सम्मेलनबाट आगामी रणनीति सहितको पोखरा घोषणापत्र जारी हुने गुरुङले बताइन् । सम्मेलनमा देशभरका सात सय ५३ स्थानीय तहका न्यायिक समितिका संयोजकहरु सहभागी हुने पोखराको दावी छ । संविधानले स्थानीय सरकारलाई न्याय सम्पादनको समेत अधिकार दिएपछि पहिलो पटक तल्लो तहबाट न्यायिक कामको थालनी गरिएको हो ।

‘सम्मेलन हामीहरुले पहिले नै गर्न खोजेका थियौं । तर कोरोना महामारीले गर्न सकिएन । कार्यकाल सकिनै लागे पनि आगामी दिनमा न्यायिक समितिको कार्यसम्पादनमा सहजता ल्याउन र कानुनको प्रत्याभूति दिलाउन यसले सघाउँछ,’ उनले भनिन्, ‘यस्ता कार्यक्रम आगामी दिनहरुमा नियमित भइराख्नुपर्छ ।’ सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने बताइएको छ ।

सम्मेलनमा न्यायिक समितिको न्याय निरुपण प्रक्रिया झल्किने वृत्तचित्र समेत प्रदर्शन गरिनेछ भने विभिन्न उपसमिति गठन गरी तयारी तीव्र पारिएको पोखरा न्यायिक समितिले जनाएको छ । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले सम्मेलनले सम्मेलनले न्यायिक समितिमा परेका उजुरी तत्काल पछ्यौट गर्दै कार्यसम्पादनमा सहजताका लागि बाटो खोल्ने बताए ।

‘सम्मेलन औपचारिकतामा मात्रै सकिँदैन । यसले एकखालको निकास निकाल्छ,’ उनले भने, ‘न्याय क्षेत्र सफल नहुँदासम्म स्थानीय सरकार सफल हुँदैनन् । छिटो मुद्धाको छिनोफानो गर्न सबै न्यायिक समितिहरु तदारुकताका साथ लाग्नुपर्छ ।’

पोखराका ३३ वटा वडामध्ये २९ वटाका सहित महानगरसमेत ३० वटा मेलमिलाप केन्द्र समेत स्थापना भएका छन् । यस्तै एक सय ४४ जना मेलमिलापकर्ता सूचिकृत भएका छन् । समितिमा परेका उजुरीको न्यायिक समितिले ऐनभित्र रहेर फैसला र मेलमिलापकर्तामार्फत विवाद निरुपण हुने गरेको छ ।

पोखरामा हालसम्म दुई सय २६ उजुरी दर्ता भएकोमा ३१ वटा मेलमिलाप भएको छ । अधिकांश उजुरी मानाचामल सम्बन्धी छन् । ३५ उजुरी तामेलीमा गएको छ भने ६७ वटाको फैसला भइसकेको छ । हालसम्म १२ वटा पुनरावेदनमा गएको गुरुङले बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -