- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सुदूरपश्चिम प्रदेशका लागि ‘एनआरएनए मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण

January 18, 2022
287
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

धनगढी, मंगलबार, ४ माघ २०७८ । सुदुरपश्चिम प्रदेशका लागि एनआरएनए मोबाइल ब्लड बैंक बस हस्तान्तरण गरिएको छ ।

धनगढीमा सोमबार आयोजित हस्तान्तरण कार्यक्रममा एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडमार्फत कैलाली रेडक्रसका अध्यक्ष उत्तम जोशीलाई उक्त बस हस्तान्तरण गर्नु भएको हो ।

उक्त मोबाइल ब्लड बैंक बसका लागि विश्वभरी रहेका एनआरएनहरु, एनआरएनएका राष्ट्रिय समितिहरु, सुदूरपश्चिम अन्तर्राष्ट्रिय समाजका शाखाहरु, देश बिदेशका सुदूरपश्चिमलाई माया गर्ने दाताहरु तथा संघ सस्थाको सहयोग रहेको एनआरएनएका निवर्तमान कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिनु भयो । थापाले सबैको सहयोगमा सुदुरपश्चिम प्रदेशका लागि एनआरएनए मोबाइल ब्लड बैंक बस हस्तान्तरण गर्न पाएको खुसी व्यक्त गर्दै सबैमा आभार समेत व्यक्त गर्नुभयो ।

उक्त बस हस्तान्तरण कार्यक्रममा एनअरएनए कुमार पन्त, पूर्वअध्यक्ष जिवा लामिछाने, नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्याल, केन्द्रीय सल्लाहकार कुल आचार्य, उपाध्यक्ष डा. बद्री केसी लगायत अन्य पदाधिकारी तथा स्थानिय सरकारकारका प्रतिनिधि सरोकार वालाहरुको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

धनगढी उपमहानगरपालिकाको संरक्षक्त्वमा रहने गरी, नेपाल रेडक्रस सोसाइटी कैलालीले सुदुर पश्चिमका सबै जिल्लाहरुमा यसको सेवा संचालन गर्ने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com