- ADVERTISEMENT -

कर्मचारीमा कोरोना भएपछि कृषि मन्त्रालय र मालपोत कार्यालय बन्द

January 17, 2022
500
Shares
- ADVERTISEMENT -

विराटनगर, सोमबार, ३ माघ २०७८ । प्रदेश १ को भूमीव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मालपोत कार्यालय विराटनगरका कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

कृषि मन्त्रालयका अधिकांश कर्मचारीहरू आइतबार आइसोलेसनमा बसेका छन् । मन्त्रालयका सचिव डा. रामनन्दन तिवारीलाई कोभिड संक्रमण देखिएपछि कर्मचारीहरू आइसोलेसनमा बसेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले सचिवालय लगायतका केही कर्मचारीमा कोभिड देखिएपछि सबैको सुरक्षाका लागि मन्त्रालयका भेटघाटका कार्यक्रम केही दिनका लागि बन्द गरिएको बताउनु भयो ।

मन्त्रालयका सचिव तिवारी कोभिडको लक्षण देखिए पनि तालिम, बैठकमा सहभागी हुँदै आएका थिए। तिवारीको रिपोर्ट शनिबार पोजेटिभ आएको बताइएको छ ।

मालपोत कार्यालय पनि आइतबारदेखि बन्द गरिएको छ । मालपोत कार्यालयमा कार्यरत आधा दर्जन कर्मचारीमा संक्रमण देखिएपछि सेवा बन्द गरिएको कार्यालय प्रमुख लोकबहादुर भण्डारीले बताउनुभयो । अर्को सूचना नगरेसम्मका लागि सेवा बन्द गरिएको उहाँले बताउनु भयो । ४१ जना कर्मचारी रहेको मालपोतमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

विराटनगरमा कोरोना संक्रमण तीव्र रूपमा बढ्दै गएको छ। आइतबार विराटनगरमा १३७ जनामा कोरोना संक्रमण देखिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -