- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

खोप लगाउन छुटेकालाई स्थानीय तहले खोजी गर्ने, यस्ता छन् बैठकको निर्णय

January 12, 2022
477
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, २८ पौष २०७८ । गोरखामा पनि अबदेखि २५ जना भन्दाबढि भेला हुन नपाईने भएको छ । कोरोना भाईरसको तेस्रो भेरिएन्ट ओमिक्रोनको संक्रमण बढेसँगै पूर्व तयारीका लागि सचेत रहन भन्दै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दाबढि भेला नहुन अपिल गरेको हो ।

बुधवार जिल्ला प्रशासन कार्यालय गोरखामा भएको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक र जिल्ला बिपद् ब्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

सरकारी, राजनीतिक, सामाजिक खालका २५ जनाभन्दाबढि भेला हुने कार्यक्रम नगर्न अपिल गर्ने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी संकरहरी आचार्यले बताए । २५ जना सहभागी भएर हुने कार्यक्रममा पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालन गर्न भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com