Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२८:२८ बिहान
- ADVERTISEMENT -

आईसीपीमा थप पूर्वाधार निर्माण कार्य सुरु

प्रकाशित मिति: २०७८ पुस ११, आइतबार

720
Shares

विराटनगर, पुस ११ गते । विराटनगरमा रहेको एकीकृत भन्सार जाँचचौकी (आईसीपी) मा थप पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले आईसीपीमा सञ्चालित भन्सारको कामलाई सहज बनाउन जाँचचौकी परिसरमा १५ करोड रुपियाँ लागतमा नयाँ संरचना निर्माण थालेको हो । भन्सारमा जाँचपास घर, पार्किङ स्थल, गोदाम घरसहितका संरचना निर्माणको काम थालिएको समितिका इन्जिनियर शुभकान्त राउतले जानकारी दिनुभयो । मालवाहक सवारी पार्किङ अभाव हुँदा आईसीपी परिसरको सडकमै पार्किङ गर्नुपर्ने स्थिति छ ।

इन्जिनियर राउतका अनुसार आवश्यकताका आधारमा आठ हजार वर्गमिटरको ब्लक पार्किङ स्थल, ११ हजार वर्गमिटरको अस्थायी पार्किङ स्थल, जाँचपास घर र गोदामघर निर्माणको काम भइरहेको छ । गोदामका लागि १२ करोड र जाँचपास र अस्थायी पार्किङ स्थलका लागि तीन करोड रुपियाँ लागत रहेको छ ।

२०७६ साल माघ २ गते यो आईसीपीको उद्घाटन भएको थियो । आवश्यक संरचना अभाव हुँदा समस्या पर्दै आएको भन्सार प्रमुख ताराप्रसाद सापकोटाले बताउनुभयो । उहाँले आईसीपी क्षेत्रमा पाँच प्रकारका जाँचपास घर आवश्यक हुने बताउनुभयो । त्यसमध्ये भारतमा हुने निकासी–पैठारी (स्थानीय), तेस्रो मुलुकबाट हुने पैठारी–निकासी, कार्गो रेलबाट आयात हुने सामान जाँचपास र जफत गरिएका सामानको जाँचपास गर्ने घरको जरुरी रहेको उहाँले बताउनुभयो । अहिले आईसीपी क्षेत्रमा दुईवटा मात्रै जाँचपास घर रहेका छन् ।

कार्यदल गठन
भन्सार विभागले देशभरका १२ वटा भन्सार कार्यालय विस्तार र स्तरोन्नतिको पाँच वर्षे कार्ययोजना बनाउन स्थानीय भन्सार प्रमुखको नेतृत्वमा कार्यदलसमेत गठन गरेको प्रमुख भन्सार अधिकृत सापकोटाले जानकारी दिनुभयो । त्यसमा विराटनगर भन्सार कार्यालय समेत छ । थप आवश्यक संरचना निर्माणको पाँच वर्षे कार्ययोजना बनाएर अगाडि बढाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

उहाँले आईसीपी क्षेत्रमा ल्याब नहुँदा सबैभन्दा धेरै समस्या भइरहेको बताउँदै आगामी वर्ष ल्याब स्थापनालाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो । त्यसैगरी भन्सार क्षेत्रमै पेट्रोल पम्प राख्ने योजनासमेत रहेको सापकोटाले बताउनुभयो । उहाँले प्रशस्त जग्गा भए पनि संरचना अभावमा न्यून उपयोग भएको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -