Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३३:०५ बिहान
- ADVERTISEMENT -

सात स्थानीय तहमा प्रहरी सेवा

प्रकाशित मिति: २०७८ पुस ५, सोमबार

726
Shares

सिन्धुलीमाढी, सोमबार, ५ पौष २०७८ । सिन्धुली जिल्लाका सातवटा स्थानीय तहले गाउँ तथा नगर प्रहरी राखेका छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै स्थानीय तहले गाउँ तथा नगर प्रहरी भर्ना गरी सेवा दिन थालेका हुन् ।

जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र तीनपाटन गाउँपालिकाले नगर प्रहरी भर्ना गरेका छन् । सुनकोसी गाउँपालिका र घ्याङ्लेख गाउँपालिकाले भने आवश्यक नरहेको भन्दै अहिलेसम्म नगर प्रहरी भर्ना गरेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (क) मा व्यवस्था भएबमोजिम नगर प्रहरी भर्ना गरी सेवा प्रवाह गरिएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, नगर प्रहरीले कार्यालयको काममा सहजीकरण गर्नुका साथै सार्वजनिक सम्पत्तीको सुरक्षा र संरक्षण, विपत् व्यवस्थापन, विपत्को समयमा खोजी, उद्धार, राहत तथा पुनस्र्थापनालगायतका काममा जुटेका छन् ।

अनधिकृत रूपमा हुने निर्माण एवं सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम र नियन्त्रण गर्न प्रतिस्पर्धाको आधारमा करार सेवामा तीन जना गाउँ प्रहरी भर्ना गरी सेवा प्रवाह गरिएको उहाँले बताउनुभयो । गाउँ तथा नगर प्रहरी हालसम्म सहायक प्रहरी निरीक्षकको नेतृत्वमा कमलामाई नगरपालिकामा १२ जना, दुधौली नगरपालिकामा १६ जना, हरिहरपुरगढी गाउँपालिकामा चार जना, मरिण गाउँपालिकामा छ जना, फिक्कल गाउँपालिकामा पाँच जना, तीनपाटन गाउँपालिकामा दुई जना, गोलन्जोर गाउँपालिकामा तीन जना रहेको ती पालिकाले जनाएका छन् ।

गाउँ प्रहरी राखेपछि पालिकाको काममा सहयोग पुगेको फिक्कल गाउँपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, पालिकाले हबल्दारको कमान्डमा तीन जना पुरुष र दुई जना महिला गाउँ प्रहरी भर्ना गरी सेवा दिएको छ । गाउँ सभाबाट दरबन्दी सिर्जना गरी गाउँ प्रहरी भर्ना गरिएको हो ।

कमलामाई नगरपालिकाका प्रशासकीय अधिकृत सागरकुमार ढकालले ४५ जना नगर प्रहरी भर्ना गर्ने नगरपालिकाको योजना रहेको जानकारी दिँदै भन्नुभयो, हाल १२ जना कार्यरत छन् । अरू छ जना भर्ना प्रक्रियामा रहेका छन् । उनीहरूले वातावरण संरक्षणदेखि कार्यालयको काममा समेत सहयोग पु¥याउने गरेको उहाँको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -