- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मनकामना केबलकार ४ दिन बन्द हुने

December 17, 2021
460
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कुरिनटार, शुक्रबार, २ पौष २०७८ । मनकामना केबलकारको स्तरोन्नतिका लागि आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको छ । जसअनुसार केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ ।

उक्त अवधिभरी केवलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ । कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो ।

लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको हो । साथै, केबलकारको लठ्ठा, ग्रिप लगायतका उपकरणहरु पनि स्तरोन्नति गर्ने जनाइएको छ ।

चालू आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको छ।

- ADVERTISEMENT -

Advertisement

कम्पनीका अनुसार केबलकारको भवन, टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहनेछ।

यो सबै स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केबलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको हुनेछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com