- ADVERTISEMENT -

स्वरोजगार सिर्जना गर्न पर्यटन विकासका काम आवश्यक

December 3, 2021
369
Shares

ओखलढुंगा । नेपाल सरकारका सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले स्वरोजगार सिर्जना गर्न पर्यटन विकासका काम आवश्यक भएको बताएका छन् । नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका मन्त्री आलेले ओखलढुंगाको लिखु गाउँपालिकामा आयोजित माटेबेँसी बाला चतुर्दशी मेला महोत्सवको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

मेलामहोत्सव स्थल माटेबेंसीको धार्मिक पर्यटन प्रवर्द्धनका लागि पर्याप्त बजेट व्यवस्था गर्ने बताउँदै मन्त्री आलेले पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि स्वरोजगारलाई ध्यान दिएर मात्र योजना सञ्चालन हुनु पर्नेमा जोड दिए । उनले भने, ‘रोजगारी सिर्जना नहुने हो भने पर्यटनका नाममा हुने लगानीको अर्थ हुन सक्दैन ।’

उनले आफूले थुप्रै सुधारका काम थालेको पनि बताए । उनले कौडीको भाउमा बेचिन लागेको नेपाल एयरलाइन्स जोगाएको पनि दाबी गरे ।

विमानस्थलमा यात्रुमाथि भइरहेको ठगी रोक्न नि:शुल्क ट्याक्सीको व्यवस्था गरेर सुधारका काम थालिएको उनले बताए । विदेश जानेहरूका लागि पिसिआर परीक्षण २ हजारबाट १ हजार २ सय तोकिएको उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -