Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
२:१३:५३ राति
- ADVERTISEMENT -

सञ्चार प्रतिष्ठान र पर्यटन बोर्ड खारेज गर्ने प्रदेश सरकारको निर्णय

प्रकाशित मिति: २०७८ मंसिर १०, शुक्रबार

513
Shares

विराटनगर । प्रदेश १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले नियुक्त गरेका प्रतिष्ठान र बोर्ड खारेज गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ खारेज गर्ने नियमावलीलाई स्वीकृति प्रदान गरेको छ । यो निर्णयसँगै पर्यटन बोर्डका उपाध्यक्ष फणीन्द्र अधिकारीसहित अन्य सदस्य पद मुक्त भएका छन् ।

भीम आचार्य नेतृत्वको सरकारले अधिकारीलाई उपाध्यक्ष र सदस्यमा देवी गौतम, भीमराज राई, उमेश घिमिरे, प्रेरणा थापा, इन्दिरा श्रेष्ठलाई नियुक्त गरेको थियो । यसैगरी सोही बैठकले प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ तथा सो अन्तरगत गठन भएको प्रादेशिक सञ्चार प्रतिष्ठानसमेत खारेज गर्ने निर्णय गरेको छ ।

बैठकले प्रतिष्ठानको चल अचल सम्पत्ति अधिकार र दायित्व आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हुने निर्णयसमेत गरेको छ । प्रतिष्ठान खारेज भएसँगै कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा सहित सबै सदस्यहरू पदमुक्त भएका छन् ।

बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली तयारीका लागि आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानु मन्त्री केदार कार्कीले जानकारी दिए । खेलकुद विकास बोर्ड तथा श्रम सल्लाकार भने प्रदेश सरकारले खारेज गरेको छैन ।

हिजो मात्रै खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले सरकारले हटाए कानुनी लडाइँमा जाने बताएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.98
150.58
EUR
European Euro
1
165.11
165.77
GBP
UK Pound Sterling
1
197.78
198.57
CHF
Swiss Franc
1
178.47
179.19
AUD
Australian Dollar
1
101.27
101.68
CAD
Canadian Dollar
1
104.99
105.41
SGD
Singapore Dollar
1
116.34
116.81
JPY
Japanese Yen
10
9.40
9.44
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
39.96
40.12
QAR
Qatari Riyal
1
41.15
41.31
THB
Thai Baht
1
4.42
4.44
AED
UAE Dirham
1
40.84
41.00
MYR
Malaysian Ringgit
1
36.63
36.77
KRW
South Korean Won
100
11.24
11.28
SEK
Swedish Kroner
1
14.88
14.94
DKK
Danish Kroner
1
22.09
22.17
HKD
Hong Kong Dollar
1
19.12
19.19
KWD
Kuwaity Dinar
1
485.69
487.63
BHD
Bahrain Dinar
1
397.61
399.20
OMR
Omani Rial
1
389.54
391.10
- ADVERTISEMENT -