बाग्लुङ्ग, मंगलबार, १६ कात्तिक २०७८ । ढोरपाटन नगरपालिकाका आम जनता दुखि भएका छन् ।
जनयुद्द र जनअन्दोलनको मर्म र भावना अनुसार स्थानीय सरकार अधिकार सम्पन्न हुदै गर्दा नेपालको संबिधानले प्रत्याभूत गरेका सबैधानिक मान्यता अनुरुप स्थानीय सरकार संचालन ऐन २०७४ को सिमा र परिधि भित्र रही स्थानीय सरकारले गरेका काम चुस्त दुरुस्त र पारदर्शी हुन नसक्दा ढोरपाटन नगरपालिकाकाभित्र बिकृति र विसंगतिले प्रसय पाएको छ ।
नगरपालिकाको प्रत्यक आर्थिक वर्षको बजेट सिलिङ्ग सरोकारवाला समक्ष पुर्याउनु पर्ने ठाउमा पुर्याउन असफल हुन पुगेको छ । बिषयगत समितिको बैठक नराखी बजेट मनोमानी ढंगले बाडफाड गरिएको, कुनै पनि आर्थिक वर्षहरुमा बजेट विनियोजनको रातो किताब तयार नगरेको, लछित समुहको लागि बजेट विनियोजन नगरेको, आफ्ना नजिकका मान्छेलाई नियुक्ति गरेको लगायत अन्य गैर जिम्मेवारी कार्यप्रति नगर प्रमुखको राजिनामा दिइ मार्ग प्रसस्त गर्न जोरदार माग गरेका छन ।
ज्ञापनपत्र












































