Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१९:१४ बिहान
- ADVERTISEMENT -

गोरखाको लुइटेलमा रहेको अमरज्योती मा वि लाई कम्युटर सहयोग

प्रकाशित मिति: २०७८ कात्तिक १३, शनिबार

439
Shares

गोरखा,पालुङटार, १३ कात्तिक २०७८ | गोरखाको लुइँटेलमा रहेको अमरज्योति जनता माध्यमिक विद्यालयलाई कम्युटर सहयोग गरिएको छ । पालुङटार नगरपालिका वडा नं ४ लुइँटेलमा रहेको उक्त विद्यालयलाई आज इन्गेज नेपालले १० थान कम्युटर सहयोग गरेको हो ।

विद्यालयका पूर्वविद्यार्थी एवं युनिभर्सिटी अफ मिनिसोटा मोरिसका अर्थशास्त्रका सह–प्राध्यापक डा सतिशचन्द्र देवकोटाको सक्रियतामा नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्टक एच डेलिसी सङ्लग्न संस्था इन्गेज नेपालबाट उक्त कम्युटर सहयोग गरिएको हो । कम्युटर विद्यालयका पूर्वविद्यार्थी एवं भूगर्भविद् डा कृष्णचन्द्र देवकोटा र पालुङटार नगरपालिकाका नगरप्रमुख इञ्जिनीयर दीपकबाबु कँडेलले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गङ्गा सुनार र प्राचार्य माधवराज देवकोटालाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख कँडेलले अमरज्योति जनता माविलाई नगरपालिकाको मात्र नभएर जिल्लाको नमूना विद्यालय बनाउनका लागि नगरपालिका कटिबद्ध भएर लागेको बताउनुभयो । “पालुङटार नगरपालिकालाई शिक्षाको हव निर्माणका लागि हामी लागिरहेका छौँ”, नगरप्रमुख कँडेलले भन्नुभयो । डा देवकोटाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि कम्युटरले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

इन्गेज नेपालका कोषाध्यक्ष खेमराज सेढाइँले राजधानीबाट टाढा रहेको सरकारी विद्यालयलाई अमेरिकामा बसेर सहयोग गर्न पाउँदा आफूहरुलाई साह्रै खुसी लागेको बताउनुभयो । इन्गेज नेपालले स्थापनाको छ वर्षको अवधिमा रु छ करोडभन्दा बढी आर्थिक सहयोग गरिसकेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा भूगर्भविद् डा देवकोटाले अहिलेका विद्यार्थीले आफूलाई प्रविधिमा ढाल्नका लागि कम्युटरले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयको इतिहासलाई आगामी दिनमा कायम राख्न दत्तचित्त भएर लाग्न विद्यार्थीलाई उहाँले आग्रह समेत गर्नुभयो ।

पालुङटार नगरपालिका वडा नं ४ का कार्यवाहक वडाध्यक्ष डिलेन्द्रबहादुर देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनार, विद्यालयका प्राचार्य देवकोटालगायतले प्रविधिमैत्री विद्यालय निर्माणका लागि कम्युटर सहयोगले राहत मिलेको बताउनुभयो । विद्यालयलाई ५० कम्युटरसहितको सुविधासम्पन्न प्रयोगशाला निर्माणमा लागेको प्राचार्य देवकोटाको भनाइ छ ।

गोविन्दराज देवकोटाको सक्रियतामा कृष्णप्रसाद धिताल संस्थापक अध्यक्ष रहेर विसं २०१७ फागुन ९ मा स्थापना भएको उक्त विद्यालय सुरुआती समयदेखि नै युनाइटेड मिसन टु नेपालको आर्थिक एवं प्रशासनिक सहयोगमा सञ्चालनमा रहेको थियो ।

राष्ट्रिय शिक्षा योजना २०२८ अनुसार वि सं २०३० देखि उक्त विद्यालयलाई नेपाल सरकारले सरकारी विद्यालयका रुपमा जिम्मा लिएर सञ्चालन हुँदै आएको सो विद्यालयका पूर्व प्राचार्य गोविन्दप्रसाद खनालले जानकारी दिनुभयो । उक्त विद्यालयले विसं २०२२ देखि एसएलसी परीक्षामा विद्यार्थीलाई सम्मिलित गराएको थियो ।

उक्त विद्यालय पालुङटार नगरपालिकाभित्रकै एकमात्र नमूना तथा आवासीय विद्यालय हो । यस विद्यालयमा विशेष शिक्षाअन्तर्गत लामो समयदेखि न्यून दृष्टिविहीन भएकालाई पनि पठनपाठन गराउँदै आएको छ ।

उक्त विद्यालयमा हाल ७५० विद्यार्थी अध्ययनरत रहेका छन् भने ३२ शिक्षक कार्यरत रहेको सो विद्यालयका शिक्षक सोमप्रसाद मुडवरीले राससलाई जानकारी दिनुभयो । उक्त विद्यालयले विसं २०६६ देखि उच्च मावितर्फ विज्ञान र व्यवस्थापन सङ्कायको पठनपाठनसमेत सुरु गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -