- ADVERTISEMENT -

१० दिनको पर्यटन काज दिने अर्थमन्त्रालयमा रोकियो

October 26, 2021
696
Shares
- ADVERTISEMENT -

काठमाडौं, कात्तिक ९ गते । सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षदेखि कर्मचारीलाई १० दिनको पर्यटन काज दिने तयारी गरे पनि अर्थमन्त्रालयले स्वीकृति नदिदाँ रोकिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सो सम्बन्धी कार्यविधि तयारी गरी रायका लागि अर्थ मन्त्रालयल पठाए पनि फाइल मन्त्रालयमै रोकिएको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

बजेट भाषणमा उल्लेख गरेको विषयलाई आधार बनाएर कार्यविधि तय गरेपनि बजेटमा यकिन नभएपछि अर्थमन्त्रालयले यसको व्यवस्थापन गर्न समस्या हुने बताएको सुवेदीले जानकारी दिनुभयो । प्रतिस्थापन बजेटले यस विषयलाई उल्लेख नगरेको र मन्त्रालयले ड्राफ्ट गरेको “पर्यटन काज कार्यविधि २०७८” मा पर्यटन मन्त्रालयलाई एक मुष्ट बजेट उपलब्ध गराउनु पर्ने उल्लेख छ, तर कर्मचारीको तहबाट भने प्रत्येक मन्त्रालयलाई बजेट दिनु पर्ने आवाज उठेका छन् ।

यस विषयमा अर्थ मन्त्रालयले एक महिना बितिसक्दा पनि स्पष्ट राय नदिएकाले निजामती कर्मचारीले पाउने १० दिन पर्यटन काज कार्यन्वयनमा आउन ढिलाई भएको हो ।

- ADVERTISEMENT -

Advertisement

आर्थिक वर्ष शुरु भएको तीन महिना बिते पनि अझै कार्यान्वयनमा आउन नसक्दा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र राज्यले राखेको पर्यटन प्रवद्र्धनका लक्ष्यमा पुग्न चुनौति थपिने भएको छ । यता कानुन मन्त्रालयले भने तयारी गरिएको कार्यविधिलाई स्वीकार गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -