Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:४२:४० बिहान
- ADVERTISEMENT -

उपल्लो मुस्ताङबाट दुई ड्रोन प्र’हरी नि’यन्त्रणमा

प्रकाशित मिति: २०७८ कात्तिक ३, बुधबार

440
Shares

बेनी, हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ क्षेत्रमा बिनाअनुमति उडाइएको मानवरहित हवाई उपकरण (ड्रोन) सहित २ जनालाई प्र’हरीले नि’यन्त्रणमा लिएको छ ।

सीमा प्रहरीचौकी लोमान्थाङका प्रहरी नायव निरीक्षक (सई) डोलराज भण्डारी नेतृत्वको प्रहरी टोलीले असोज ३० गते र कात्तिक २ गते गरी दुई ड्रोनसहित २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रताप पौडेलले बताउनुभयो । उहाँकाअनुसार २०७८ आसोज ३० गते बिहान साढे ७ बजे लोमान्थाङ गाउँपालिका– ५ लोमान्थाङमा ड्रोन उडाउँदै गर्दा सुनसरीको धरान उपमहानगरपालिका– ११ का ३९ वर्षीय राजेश शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसैगरी गएको मंगलबार २ गते काठमाडौं महानगरपालिका– ३१ का ३५ वर्षीय निशेक बस्नेतलाई बिहान १० बजेर २० मिनेट जाँदा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय जोमसोम पठाइएको सीमा प्रहरीचौकी लोमान्थाङका सई भण्डारीले नियन्त्रणमा लिएर जिल्ला पठाउनुभएको इन्सपेक्टर पौडेलले बताउनुभयो । नियन्त्रणमा लिएको दुवै जनाबाट बरामद ड्रोनसहित नागरिक उड्ययन कार्यालय मुस्ताङलाई आवश्यक कारवाहीको लागि बुझाइएको प्र’हरीले जनाएको छ ।

हिमालपारीको जिल्ला मुस्ताङको माथिल्लो भेग निषेधित क्षेत्र भएकाले त्यस क्षेत्रमा विना अनुमति ड्रोन उडाउने जस्ता गतिविधि निषेध गरिएको छ । प्रहरीले मुस्ताङ प्रवेश गर्ने नाका घाँसा तथा जोमसोम विमानस्थलमा पनि उपल्लो मुस्ताङ वा जिल्लाका कुनै पनि क्षेत्रमा ड्रोनको प्रयोग नगर्न अनुरोध गरिएको भएपनि लुकिछिपि ड्रोन उडाउने गरेको स्थानीयको गुनासो छ । उडाएको ड्रोन भेटेपछि प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउने गरेको इन्सपेक्टर पौडेलले बताउनुभयो ।

जोमसोम नागरिक उड्डयन कार्यालय मुस्ताङका प्रमुख पुस्कलराज शर्माले दुईवटा ड्रोन प्रहरीले आफूलाई बुझाएको र सोको बारेमा सम्बन्धीत निकायमा जानकारी गराएको बताउनुभयो । उहाँले भन्नुभयो “आवश्यक कारवाहीका लागि सम्बन्धीत निकायमा जानकारी गराएको छु ।”

मानवरहित हवाई उपकरण उडानसम्बन्धी कार्यविधि–२०७५ को बुँदानम्बर ११ मा निषेधित क्षेत्र भनेर धार्मिक, पुरातात्विक, ऐतिहासिक वा नियन्त्रित क्षेत्र भनी तोकिएका क्षेत्रमा उडान गर्न नपाइने भनेर उल्लेख गरिएको छ । त्यस्तै बुँदानम्बर १२ को (क) मा नागरिक उड्डयन प्राधिकरणमा उपकरण दर्ता गरेर मात्रै उड्डयनको अनुमति लिनुपर्ने भएपनि मुस्ताङमा उडान गरिएको उपकरणले कुनै प्रक्रिया पुरा नगरेको देखिएकोले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -