- ADVERTISEMENT -

महाकालीकाे बाढीमा फसेकाको हेलिकप्टरबाट सकुशल उद्धार

October 19, 2021
470
Shares
- ADVERTISEMENT -

महेन्द्रनगर, सोमबार रातिबाट महाकालीको बीचमा फसेकाहरुको आज मंगलबार सकुशल उद्धार गरिएको छ ।

महाकाली बिचमा बाढीमा फसेकालाई हेलिकोप्टरबाट उद्धार गरिने भनिएपनि खराब मौसमका कारण सुर्खेतबाट हेलिकप्टर आउन नसक्दा उद्धारमा ढिलाई भईरहेको थियो । मौसममा सुधार आएसँ गै नेपाली सेनाको हेलिकोप्टरले सकुशल उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

भीमदत्त नगरपालिका–९ मसेट्टीका ३५ वर्षीय पुष्कर नायक, ४५ वर्षीय दीर्घमती खड्का, ३२ वर्षीय शान्ती नायक, ९ वर्षीय असोक नायक र ५ वर्षीय अजय नायक सोमवार रातीबाट बाढीमा फसेका थिए ।

बाढीमा फसेकाहरु रुखमा बसेका थिए । उहाँहरुको उद्धारको लागि सुरक्षाकर्मीको टोली दिउँसो नै मसेट्टी पुगे पनि महाकालीमा पानीको बहाब बढी भएका कारण उद्धार गर्न सकेको थिएन । त्यस पछि हेलिकप्टरबाट उद्धार गर्ने तयारी भएको थियो तर मौसम खराबीका कारण सुर्खेतबाट हेलिकप्टर उड्न सकेको थिएन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -