तनहुँ , १ असोज २०७८ । शोक सन्तप्त परिवारलाई नेपाली कां´ग्रेसको तर्फबाट आर्थिक सहयोग प्रदान गरेको छ ।
तनहुँ ज़िल्ला रिसिंग गाउँपालिका -८ माझकोट का स्व घनबहादुर थापाको परिवारलाई सहभागी कां´ग्रेस नेता कार्यकर्ताले १७ हजार ५ सय नगद सहयोग पार्टी सभापति बैकुण्ठ न्यौपानेले हस्तान्तरण गर्नु भएको स्थानीय नेता टुकराज श्रेष्ठले जानकारी दिनु भयो ।
साथै, स्व घनबहादुर थापाको छोरा बर्ष ११ को सुमन थापाको शैक्षिक अध्यय का लागी तनहुँ -२ का क्षेत्रिय सभापति किसान गुरुङले १ लाख नगद प्रदान गर्ने प्रतिबद्दता गर्नु भयो ।
सहिदपुत्र भरतकृष्ण श्रेष्ठ ले कक्षा १० सम्मका लागी शैक्षिक सामग्री र बिधालय पोशाक उपलब्ध गराऊने प्रतिबद्दता जाहेर गर्नुभयो ।









































