गोरखा, सोमबार, २१ भाद्र २०७८ । गोरखाको भीसमेन थापा गाउँपालिका भित्र आज सोमबारदेखि बिधालय सञ्चालन गरिने भएको छ ।
बिधालय सञ्चालनका लागि सवै बिधालयका शिक्षक कर्मचारी तथा बिधार्थीहरुले तोकिए बमोजिमका स्वास्थ्य सुरक्षा मापदण्डको अनिबार्य पालना गर्नुपर्ने, बिधालय हाता भित्रै मास्क सेनिटाइजर र सावुन पानीको व्यवस्था हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।
कोरोना संक्रमणको कारण लामोसमय बन्द हुदै आएको बिधालय सोमबारदेखि सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिनुभयो । गाउँकार्यपालिकाको आज बसेको बैठकले बन्द भएको बिधालय भौतिक उपस्थितीमा सञ्चालन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।









































