Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५८:५० बिहान
- ADVERTISEMENT -

गण्डकी प्रदेशका मन्त्रीहरुले ऐनविपरीत २ लाख ६० हजार रुपैयाँ भत्ता लिएको खुलासा

प्रकाशित मिति: २०७८ भदौ ५, शनिबार

316
Shares

पोखरा, शनिबार, ५ भाद्र २०७८ । गण्डकी प्रदेशका मन्त्रीहरुले ऐनविपरीत २ लाख ६० हजार रुपैयाँ भत्ता लिएको खुलेको छ । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको अघिल्लो सरकारका मन्त्रीहरुले संसदीय समितिमा सहभागी भएबापत उक्त भत्ता लिएका हुन् ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७४ ले मन्त्रीलाई कुनै पनि संसदीय समितिको सदस्यको हैसियत दिँदैन । उक्त ऐनमा उल्लेख भएको पदाधिकारी भन्ने शब्दले, “सभामुख, उपसभामुख, विपक्षी दलको नेता, सत्तापक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक, समितिका सभापति र दलका सचेतक,” लाई बुझाउँछ ।

ऐनको दफा २ (ङ) मा उल्लेख भएको सदस्यको परिभाषाले सरकारका मन्त्री वा पदाधिकारी बाहेकका प्रदेशसभाका सदस्यलाई सम्झिनुपर्छ भनेको छ । तर, विभिन्न संसदीय समितिको बैठकमा सहभागी भएका मन्त्रीले ऐन विपरित भत्ता लिएको खुलेको हो ।

महालेखा परीक्षकको ५८ औँ प्रतिवेदनमा मन्त्रीलाई बैठक भत्ता उपलब्ध गराउन नमिल्ने उल्लेख गरेको छ ।

प्रतिवेदनमा भनिएको छ, “…समितिको बैठकमा उपस्थित मन्त्रीलाई बैठक भत्ता उपलब्ध गराउन मिल्ने देखिँदैन । सचिवालयले यस वर्ष विभिन्न समितिका बैठकमा सहभागी ७ मन्त्रीहरुलाई रु ३ लाख ६ हजारमा कर कट्टी गरि २ लाख ६० हजार रुपैयाँ बैठक भत्ता भुक्तानी भएको छ ।”

महालेखाले मन्त्रीको नाममा भुक्तानी भएको उक्त रकम असुल गर्न समेत भनेको छ ।

प्रदेशसभा सचिवालयले नै ऐनविपरित पूँजीगत बजेटलाई चालुमा रकमान्तर गरेर सवारी साधन मर्मतको नाममा १२ लाख रुपैयाँ खर्च गरेको पाइएको छ ।

पूँजीगत बजेटलाई चालुमा रकमान्तर गर्न अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले रोक्छ । उक्त ऐनको दफा २९ मा, “बजेटमा पूँजीगत खर्चको रुपमा विनियोजन भएको रकम चालु खर्चमा रकमान्तर गर्न नपाइने,” उल्लेख गरिएको छ ।

तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्रालयले पनि बजेट कार्यान्वयन मार्गदर्शन मार्फत रकमान्तर गर्न नहुने उल्लेख गरेको छ । तर, प्रदेशसभा सचिवालयले अर्थ विविध (भैपरि आउने पूँजीगत) बाट १२ लाख रुपैयाँ रकमान्तर गरेर सवारी साधन मर्मतमा खर्च गरेको हो ।

महालेखाले सचिवालयलाई कानुनमा भएको व्यवस्था पालना गर्न सुझाव दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -