गोरखा, बुधबार, २८ साउन २०७८ । शहिद लखन गाउँपालिकामा नयाँ अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।
गाउँपालिकाले आ ब २०७८। ०७९ देखि निबेदनका आधारमा घरमा नै पुगेर सम्बन्धित ब्यक्तिलाई अपाङ्गता परिचय पत्र वितरण गरिने उदेश्य अनुसार आज घरदैलो अभियान गरी ७ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको हो ।
शहिद लखन गाउँपालिकाकी उपाध्यक्ष ईन्दिरा तिवारी, डा. विश्वास वि.क, बिरेन्द्र श्रेष्ठ लगायतको उपस्थितिमा ७ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको थियो ।
शहिद लखन गाउँपालिका वडा न ९ मा ६ जनालाई (ख वर्गको ५ जना, घ वर्गको १ जना ) र शहिद लखन गाउँ पालिकामा वडा न ७ मा १ जनालाई (क वर्ग) गरेर जम्मा ७ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।









































