Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५०:४९ बिहान
- ADVERTISEMENT -

मुख्यमन्त्री पोखरेलद्वारा खोप केन्द्रको अनुगमन

प्रकाशित मिति: २०७८ साउन २६, मंगलबार

360
Shares

पोखरा, २६ साउन २०७८ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराका विभिन्न खोप केन्द्रमा अनुगमन गर्नुभएको छ ।

कोरोनाविरुद्धको खोप सञ्चालन भइरहेका केन्द्रमा भीडभाड बढेको, घण्टौँसम्म लाइनमा बस्नुपरेकोलगायत गुनासा आएपछि उहाँले आज आकस्मिकरुपमा स्थलगत अनुगमन गर्नुभएको हो ।

मुख्यमन्त्री पोखरेलले पोखराको वडा नं ७ को रत्नचोकस्थित खोपकेन्द्र, वडा नं ८ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र वडा नं १ को खोप केन्द्रमा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिनुभयो । त्यस्तै लाइनमा बसेका सेवाग्राही, खोप लगाइसकेका व्यक्ति र खोप लगाउने काममा संलग्न स्वास्थ्यकर्मीसँग पनि केन्द्रमा भएको व्यवस्थापन, समस्या र चुनौतीका बारेमा पनि उहाँले जानकारी लिनुभयो ।

मुख्यमन्त्री पोखरेलले भीड नियन्त्रणका लागि खोप केन्द्र बढाउन र लाइन व्यवस्थित गर्नका लागि तत्काल प्रहरी सङ्ख्या बढाउन प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र कास्कीका प्रहरी उपरीक्षक रमेश थापालाई निर्देशन दिनुभयो ।

सङ्घ र प्रदेश सरकारले खोेप अभियानलाई प्राथमिकतामा राखेको भन्दै अब विस्तारै सबै उमेर समूहलाई पुग्ने गरी आउने भएकाले भीडभाड नगरिदिन सर्वसाधारणलाई अनुरोध गर्दै उहाँले भन्नुभयो, “उमेर समूहअनुसार हामीले खोप वितरण गरेका छौँ, बाँकी रहेको केही खोप प्राथमिकताकै आधारमा उपलब्ध गराएका छौँ, हतार नगरी दिनुहोला, प्रदेशवासीलाई खोप दिलाउने जिम्मा प्रदेश सरकारको हो ।”

खोप समयमा नआएको, लामो समयसम्म लाइनमा बस्दा पनि खोप नपाइएको, खोप बोक्ने गाडी पर्याप्त नहुँदा धेरै बेरसम्म कुर्नुपरेको गुनासो सेवाग्राहीको थियो । वडा कार्यालयले चेकलिस्ट बनाएर त्यसैका आधारमा नाम टाँसिदिएमा भीडभाड कम हुने सर्वसाधारणको सुझाव थियो ।

अनुगमनमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव विनोदविन्दु शर्मा, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक थापा, जिल्ला स्वास्थ्य कार्यालय र महानगर स्वास्थ्य महाशाखा प्रमुख सहभागी हुनुहुन्थ्यो ।

सो अवसरमा स्वास्थ्य सचिव शर्माले सोमबार शुरु भएको यो चरणको खोप अभियान आज सकिने र त्यसपछि कोभिशिल्डको दोस्रो डोज लगाउन शुरु गरिने जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -