गोरखा, बिहिबार, २१ साउन २०७८ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित तान्द्राङमा एकैदिन ६७ जनामा कोरोना संक्रमण पुष्टी भएपछि वडा कार्यालय सिल गरिएको छ ।
गाउँपालिकाले संक्रमण रोकथाम र न्युनिकरणका लागि आज मध्यरातीदेखि एक हप्ताका लागि वडा कार्यालय सिल गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
सिल गरिएका क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि औषधि पसल खाद्यान्न पसल बाहेक बिधालय, व्यापार व्यवसाय, सार्वजनिक तथा नीजि सवारी साधान सञ्चालन र आउजाउमा समेत रोक लगाइएको गाउँपालिकाले जानकारी गराएको छ ।









































