Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:४२:१२ बिहान
- ADVERTISEMENT -

पुर्व स्वास्थ्यमन्त्री थापाद्वारा वडा नं. ९ को भवन उद्घाटन

प्रकाशित मिति: २०७८ साउन २०, बुधबार

405
Shares

राप्ती, बुधबार, २० साउन २०७८ । राप्ती नगरपालिका वडा नम्बर ९ को नवनिर्मित वडा भवनको उद्घाटन भएको छ । नेपाली कांग्रेसका सांसद एवम पूर्व स्वास्थ्य मन्त्री गगन थापाले वडाभवनको उद्घाटन गर्नु भएको हो ।

सांसद थापालाइ नौमति बाजागाजा र नाच सहित भब्य स्वागत गरिएको थियो । उहाँले कार्यक्रममा बोल्दै शिक्षा, स्वास्थ्य र रोजगारीलाई अहिलेको सरकारले प्राथमिकता दिने बताउनु भयो । थापाले नवनिर्मित वडा भवनबाट छिटो छरितो र पारदर्शी तरिकाले सेवा प्रदान गर्न सकिने कुरामा विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा काँग्रेस नेता, राप्ती नगरका मेयरका प्रत्यासी एवम अन्डा संघका केन्द्रिय उपाध्यक्ष किरण भूषण ओलीले शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँले पूर्ण सरकारी कार्यक्रम हुदा मेयरको उपस्थिती नहुदा आफुहरुलाई अचम्म लागेको बताउनुभयो । पार्टी भन्दा पनि माथि उठेर हेर्न र कुनै पार्टिगत दुश्मनी नलिन सुझाव दिनुभयो ।

कार्यक्रममा वडाभवन बनाउन जग्गा उपलब्ध गराउनु हुने कृष्ण राम थपलिया र उहाको परिवारलाई सम्मान गरिएको थियो । उहाँले वडा भवन बनाउनको लागि तीन कठ्ठा जग्गा दान गर्नु भएको थियो ।

कार्यक्रमका सभाध्यक्ष एवम वडाका अध्यक्ष देबेन्द्र लामाले वडाको आफ्नै भवन हुदा सेवाग्राहीलाई सेवा छिटो दिन सकिने विश्वास दिलाउनुभयो । नगरपालिकाको मेयरको हामिहरुलाइ हेर्ने दृष्टिकोण फरक भएको, पार्टिगत हिसाबले हेरेको बताउनुभयो । उहाँले बिशुद्ध सरकारी कार्यक्रममा उहाको उपस्थिती नहुदा लज्जास्पद भएको र अवका दिनमा नगरबासिले मेयरलाइ हेर्ने दृष्टिकोण फरक हुने बताउनुभयो ।

कार्यक्रमको बिषयमा राप्ती नगरपालिकाको काँग्रेस नगर सभापति लगायत केहि व्यक्तिहरुलाइ जानकारी नरहेको भन्दै अनुपस्थिती जनाएका थिए । नगर सचिव महेश्वर थपलियाले भन्नु भयो “माननिय आउने कुरा फेसवुकमा सुनियो तर औपचारिक जानकारी भने भएन , यहिकारण कार्यक्रममा नगएको हो ”

वडा भवनको उद्घाटन समारोहमा वडाका जनप्रतिनिधि, विभिन्न संघसस्थाका प्रतिनिधि, नेपाली काङ्ग्रेसका नेता, स्थानिय समाजसेवी, ब्यबसायी लगायत स्थानियको उपस्थिती रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -