पोखरा, शनिबार, १६ साउन २०७८ । नागरिक संबाद केन्द्र गण्डकी प्रदेशकाे आयाेजनामा घरेलु हिंसा सम्बन्धी कानुनी व्यवस्था र कार्यन्वयनकाे अवस्थाकाे बारेमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
नागरिक संबाद केन्द् गण्डकी प्रदेशकाे प्रमुख अधिवक्ता जुना कुमारी गुरूङकाे अध्यक्षतामा सम्पन्न उक्त कायर्क्रमकाे सञ्चालन नागरिक संबाद केन्द्रका एपिओ राेशन गुरूङले गर्नुभएकाे थियाे । कायर्क्रममा घरेलु हिंसाका घट्नाहरूमा राजनीतिकरण हुने, धर भित्रकाे कुरा बाहिर ल्याउन नदिने, कानुनकाे बारेमा जानकारी नहुने, नेताहरूबाटै कानुन मिच्ने काम हुने जस्ता विविध विषयहरूमा छलफल भएकाे थियाे । याैनिक तथा लैङ्गिक अल्पसंख्क समुदाय भित्र भएकाे हिंसालाई कानुनले सम्बाेधन गर्न नसकेकाे गुनासाे समेत रहेकाे थियाे ।
कार्यक्रममा राष्टिय मानव अधिकार आयाेग, विभिन्न राजनीतिक दल, इन्सेक, नाैलाे विहानी पाेखरा, मुश्लिम समुदाय, दलित समुदाय र कानुनका विधार्थीहरूकाे सहभागिता रहेकाे थियाे ।
उक्त कार्यक्रमकाे सहजिकरण नागरिक संबाद केन्द्र गण्डकी प्रदेशका प्रमुख अधिवक्ता जुना कुमारी गुरूङले गर्नुभएकाे केन्द्रका एपिओ राेशन गुरूङले गोर्खाली रेडियोलाई बताउनुभयो ।









































