गोरखा, बुधबार, ३० असार २०७८ । गोरखाको आरुघाट गाउँपालिकाको बजेट ५८ करोड ५९ लाख १८ हजार रहेको छ । नवौँ गाउँ सभामा गाउँपालिका उपाध्यक्ष कल्पना नेपालीले आर्थिक वर्ष २०७८/७९ को अनुमानीत बजेट प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधारलाई बजेटमा प्राथमिकता दिएको छ । चार करोड ६३ लाख रुपैयाँ बजेट सडकमा बिनियोजन गरिएको छ । नीति कार्यक्रममा अध्यक्ष दाहालले रोजगारी सिर्जना गर्ने, पूर्वाधार बिकास, कृषि, पशुपालनका कार्यक्रमलाई प्राथमिकता दिएका छन् ।
पर्यटन, भुमि ब्यवस्थापन, सामाजिक बिकासको क्षेत्रलाईपनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।









































