गोरखा, सोमबार, २८ असार २०७८ । गोरखा क्याम्पस गोरखाले बुधबारबाट अनलाइन कक्षा सुरु गरेको छ ।
बैशाख १२ गते रजिष्टार कार्यालयले गरेको सूचना बमोजिम अनलाइनबाट कक्षा संचालन गरिएको सहायक क्याम्पस प्रमुख बालक देवकोटाले जानकारी दिनुभयो ।
विद्युतिय माध्याम, अनलाइलन कक्षा संचालन सम्बन्धि निर्देशिका २०७७ जारी भए पश्चात कक्षा संचालन गरिएको हो ।
बुधबार स्नातकोत्तर तहको सेमेष्टर प्रणालीमा आधारित सबै विषयको कक्षा संचालन भएको र स्नातक तहको पनि छिटै कक्षा संचालन हुने देवकोटाले बताउनु भयो ।









































