गोरखा, मंगलबार, २२ असार २०७८ । विद्युत अवरुद्ध हुँदा गोरखाका सबै स्थानीय तहमा भुक्तानीमा समस्यालगातारको वर्षातपछिको प’हिरोका कारण विद्युत अ’वरुद्ध हुँदा गोरखाको स्थानीय तहले आर्थिक बर्षको अन्तिममा भुक्तानीको समस्या झेल्नु परेको छ ।
आर्थिक वर्षको अन्त्यमा धमाधम वडा र पालिकागत योजनाको भुक्तानी दिने समयमा पाँच दिनदेखि चेक काट्न नपाएको अजिरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दवाडीले बताए ।
‘आज पाँच दिन भयो बत्ती पनि छैन, चेक पनि काटिएको छैन’ उनले भने ‘अनलाईन प्रणालीबाट चेक काट्नुपर्ने हुन्छ तर इन्टरनेट नहुँदा समस्या भएको हो ।’ गाउँपालिकामा आयोजनाको भुक्तानी लिन उपभोक्ता समितिका पदाधिकारीको भीड छ ।
विद्युतको बैकल्पिक उपाए अपनाउन सकिएपनि इन्टरनेटको बैकल्पिक उपाए पालिका सँग नभएको भन्दै उनले आर्थिक वर्षको अन्त्यमा अहिले काम गर्न समस्या भएको र नागरिकले पनि दुःख पाएको बताए ।









































