गोरखा, सोमबार, २१ असार २०७८ । जिल्ला प्रशासन कार्यालय गोरखाले कु’न बा’र कु’न पालिकाको काम हुने भन्ने तोकेको छ ।
लामो समय बन्द भएर का’र्यालय खु’ल्दा से’वाग्राहीको भि’ड हुन सक्ने भन्दै प्रशासनले सार्वजनिक सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनु भयो ।

आइतबार र सोमबार गोरखा नगरपालिका, आरुघाट, धार्चे गाउँपालिकाको नागरिकले सेवा लिन सक्नेछन भने मंगलबार र बुधबार पालुङटार नगरपालिका, सिरानचोक, गण्डकी गाउँपालिकाको काम हुने छ ।
बिहीबार र शुक्रबार भिमसेन थापा, शहिद लखन, बारपाक सुलिकोट, अजिरकोट र चुमनुब्री गाउँपालिकाको नागरिकले सेवा लिन सक्नेछन ।
यसरी स्थानीय तहलाई बार अनुसारको काम गरिदिँदा भिडभाड नहुने, काममा सहजताका साथै सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालना गराउन सकिने प्रजिअ शर्माले बताउनु भयो ।









































