लमजुङ्ग, आइतबार, २० असार २०७८ । मनाङको नार्पाभूमि गाउँपालिकास्थित मर्स्याङ्दी न’दीको पुल भा’सिएको छ । लगातारको व’र्षासँगै आएको बा’ढीले पुल भासिएको हो । पुल भासिँदा खाद्यान्न ढुवानी गर्नमा समस्या भएको छ ।
यही असार महिनाको शुरुआतदेखि परेको अविरल वर्षाका कारण म’र्स्याङ्दी नदीमा आएको बा’ढीपहिरोले नार्पाभूमि २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “असार महिनाको शुरुआतदेखि आएको अविरल व’र्षाले जिल्लामा वितण्डा नै मच्चायो, जिल्लाको सबैभन्दा विकट क्षेत्र नार्पा हो । यहाँ सवारी आवगमन, हुँदैन, पैदल , घोडा र गधाको भरमा सदरमुकाम चामेबाट खाद्यान्न ढुवानी गरिन्छ । अहिले म’र्स्याङ्दीको बा’ढीले नार्पा जोड्ने एक मात्र मुख्य माध्यम रहेको कोतोमा झो’लुङ्गे पु’ल भा’सिएपछि समस्या उत्पन्न भएको छ ।”
बा’ढीपहिरोका कारण नार्पाभूमिका चार पुलमध्ये तीन बाढीले बगाइसकेको छ । नार्पा जोड्ने मुख्य पुल पनि अहिले भा’सिएर हिँड्नै नहुने भएको यहाँका जनप्रतिनिधिहरुले जनाएका छन् । यहाँका सबै बाटोघाटो र पुलहरु भा’सिनुका साथै बगाएपछि अहिले खा’द्यान्न ढुवानी गर्न समेत रोक लगाइएको छ । नार्पाभूमिका २ का वडाध्यक्ष मिङ्मार फुन्चो लामाले उक्त स्थानमा खा’द्यान्न ढुवानी गर्दा दु’र्घटनाको सम्भावना रहेकाले आवगमनमा रोक लगाइएको जानकारी दिनुभयो । यसबाट नार्पाका स्थानीय व्यापारी र सर्वसाधारण प्रभावित भएका छन् ।
जिल्लामा बाढीले करोडौँको भौ’तिक क्षति पुर्याएको जनाइएको छ । मर्स्याङ्दी नदी लगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ । नासोँ , चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरोबाट बढी प्रभावित भएको छ भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ ।









































