गोरखा, सोमबार, १४ असार २०७८ । छुवाछुत र दमन बिरुद्ध गोरखामा युवाहरुले प्रर्दशन गरेका छन् ।
संयुक्त सचेत दलित अभियानकर्ता संघर्ष समिति गोरखाको आयोजनामा सदरमुकामको हरमटारी चोकदेखि जिल्ला प्रशासन कार्यालय परिसर सम्म सहभागीले छुवाछुत र दमन बिरुद्ध नाराबाजी गरेका थिए ।
पछिल्लो समय संचारकर्मी रुपा सुनालाई राजधानीमा कोठा खोज्ने क्रममा गरिएको बिभेद र भिमसेन थापा गाउँपालिका ७ मा पशु खोप लगाउन जाँदा गरिएको बिवेदनका घटनाले न्याय ब्यवस्थाका लागि राज्य नै उदाशिन देखिएको भन्दै समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।









































