गोरखा, शनिबार, ५ असार २०७८ । गोरखाको अजिरकोट गाउँपालिकाद्वारा आगामी आ व २०७८/७९ का लागि पेश गरेको नीति तथा कार्यक्रम आज शनिबार पारित भएको छ ।
“दिगो बिकास हाम्रो सोच, सुन्दर शान्त समृद्व” सहितको नारा सहित नबौं गाउँसभाबाट आ व २०७८/७९ को नीति तथा कार्यक्रममा बिशेष गरी शिक्ष, स्वास्थ्य, कृषि, पर्यटन पूर्वाधार, बिकाश निर्माणजस्ता क्षेत्रमा प्राथमिकतामा राखिएको नि प्रमुख प्रशासकीय अधिकृत सुरेश दवाडीले जानकारी दिनुभयो ।
आगामी आ व २०७८/७९ का लागि नीति तथा कार्यक्रमको अजिरकोट गाउँपालिकाका अध्यक्ष फणिन्द्र प्रसाद धितालले सभाकक्षमा प्रस्तुत गर्नु भएको थियो ।









































