दमौली, शनिबार, ५ असार २०७८ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा पुर्व सभामुख रामचन्द्र पौडेलले तनहुँका १० वटै पालिका र लमजुङको मध्य नेपाल नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
आज शनिवार एक कार्यक्रमकाबीच व्यास नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पौडेलले सबै पालिकाका प्रमुखहरू लाई सामग्री हस्तान्तरण गरेका हुन् ।
पौडेलले ११ वटा अक्सिजन कन्सिलेटर , फेस १ हजार ३ सय ३० थान , मास्क, सेनिटाईजर, पीपीई, फेस सेभ हेन्डवास, हेन्ड सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरेका हुन् । पालिकाका अलावा दमौली अस्पताल, जीपी कोइराला अस्पताल, बन्दीपुर अस्पताल, पुरनडिही अस्पतालमा पनि सामग्री सहयोग प्रदान गरेका छन् ।









































