काठमाडौँ, बिहिबार, ३ असार २०७८ । नेपाली काँग्रेसका युवा नेता प्रकाशचन्द्र दवाडीले बा’ढी र प’हिरो गएको ठाउमा उ’द्धार र राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख) बाट निर्वाचित सांसद दवाडीले आज एक बिज्ञप्ति जारी गर्दै केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, लमजुङ, गोरखा, कास्की, मनाङ, मुस्ताङलगायतका जिल्लामा बा’ढी, प’हिरो जाँदा ठूलो जनधनको क्षति भएको भन्दै उद्दार र राहतमा लाग्न केन्द्र, प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नु भएको छ ।
बाढी, पहिरोमा परेकाको तत्काल उ’द्दार गरी राहतको व्यवस्था मिलाउन र यस दुःखद घडीमा उ’द्धार र राहतमा जुट्न काँग्रेसका नेता तथा कार्यकर्तालाई आह्वान गर्नु भएको छ ।









































