कास्की, बिहिबार, ३ असार २०७८ । गण्डकी प्रदेशको मन्त्रिमण्डल विस्तार तत्काल नहुने भएको छ । नव नियूक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद विस्तार गर्ने भएकाले त्यसअघि मन्त्रिमण्डल विस्तार नहुने भएको हो ।
पोखरेलले असार ४ गते शुक्रबार प्रदेशको आठौं अधिवेशनको १४ औं बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय भएको छ । त्यसपछि मात्रै प्रदेशको थप मन्त्रिपरिषद् विस्तार गरी कामको बाँडफाड गर्ने तैयारी भैरहेको मुख्य मन्त्री कार्यालयले जानकारी दिएको छ ।
हाल गण्डकी प्रदेशमा मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल सहित नेपाली कांग्रेसका कुमार खड्का, नेकपा माओवादी केन्द्रका मधुमाया अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले यस अघिनै बिना बिभागीय मन्त्रीका रुपमा सपथ ग्रहण गरिसकेका छन ।









































