आँबुखैरेनी, बुधबार, २ असार २०७८ । अबिरल वर्षाका कारण सडक भासिएपछि पृथ्वी राजमार्गको आँबुखैरेनी खण्डमा आगमन एकतर्फी बनेको छ । एकतर्फी रुपमा मात्र यातायात सञ्चालन भैरहेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिनुभयो ।
मंगलबार आँबुखैरेनी ४ साँखरमा दिउँसो केहीबेर राजमार्ग अ’वरुद्ध समेत भएकामा हाल नियमित रुपमा यातायात सञ्चालन हुने अवस्थामा पुगेको प्रहरीले जनाएको छ ।









































