म्याग्दी, बुधबार, २ असार २०७८ । लगातारको वर्षा पछि कालीगण्डकीमा आएको बाढीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्धन भत्काएको छ ।
जेसिज भवन देखि करिब एकसय मिटर माथि सम्मको तटबन्धन नदी कटानका कारण भत्किएको हो । बुधबार राती देखि नदीमा पानीको सतह उच्च भएको छ । पानीको सतह उच्च भएसँगै नदी कटानको जोखिम बढेको हो ।
तटबन्धन भत्किए सँगै बेनी बजार कटानको उच्च जो’खिममा परेको छ । यसैगरी बजारदेखि माथि रहेको अर्थुङ्गे गाउँबाट झरेको बाढी अस्पतालचोक हुँदै बेनीको कालिपुल स्थित बसपार्कमा पुगेको छ ।









































