कास्की, शुक्रबार, २८ जेठ २०७८ । पोखरामा पहिलो पटक बन्दै गरेको एक मात्र आकाशे पुलको काम अन्तिम चरणमा पुगेको छ ।
महानगरपालिकाको वडा नं ८ सिर्जनाचोकमा निर्माण हुदै गरेको पुल असार दोस्रो हप्तामा उद्घाटन गर्ने ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले जानकरी दिनुभयो । साढे २ करोड ५४ लाख लागतमा आकाशे पुल बनाउन निर्माण गरिएको बरालले बताउनुभयो ।
आकाशे पुल निर्माणका लागि कास्की क्षेत्र नम्बर २ का सांसद तथा पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रम मार्फत ५० लाख रुपैयाँ विनियोजन रकम र बाँकी रकम महानगरपालिकाले खर्च गरेको उहाँले बताउनु भयो ।









































