काठमाडौं, २७ जेठ २०७८ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेशसभा बैठकमा अनुपस्थित भएका छन् ।
बिहिबार प्रदेशसभाको आजको बैठकमा उनी आएका छैनन् । मनाङे आज बिहानैदेखि मोबाइल स्वीच अफ गरी सम्पर्कविहीन बनेका छन् ।
विपक्षी गठबन्धनलाई साथ दिने भनिएका मनाङे सम्पर्कविहीन बनेका हुन् ।









































