गोरखा, आइतबार, २३ जेठ २०७८ । गोरखाका चार वटा स्थानीय तहमा आज १ सय २ जना को’रोना संक्रमित थपिएका छन् ।
जसमध्ये सवैभन्दा धेरै पालुङटार नगरपालिका नगरपालिकामा ४३ जना संक्रमित थपिएका छन् । त्यस्तै आरुघाट गाउँपालिकामा ३२, शहीदलखन गाउँपालिकामा २३ र धार्चे गाउँपालिकामा ४ जना सं’क्रमित थपिएको कार्यालयले जनाएको छ ।
जिल्लाको पालुङटार नगरपालिका, सहिद लखन गाउँपालिका, आरुघाट गाउँपालिका र धार्चे गाउँपालिकामा सं’क्रमित थपिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।









































