बागलुङ, आइतबार, २३ जेठ २०७८ । बाग्लुङ जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाका स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
स्वास्थ्य सेवा बिभागको पहलमा नेपाली कांग्रेस महाधिवेशन प्रतिनीधी नेता टेकराज पौडेलको समन्वयमा बुर्तिबाङ्ग प्राथमिक स्वास्थ्य चौकीलाई ३ वटा अक्सिजन सिलिन्डर, कन्सनटेटर १, मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
त्यसैगरी, बाग्लुङको तमानखोला गाउँपालिका स्वास्थ्य चौकीमा सिलिन्डर २ वटा , मास्क, सेनिटाइजर लगायत अन्य स्वास्थ्य सामाग्री वितरण गरिएको ढोरपाटन नगरपालिकाका प्रत्यासी उम्मेद्बार अर्जुन शेरचनले जानकारी दिनुभयो ।










































