गोरखा, मंगलबार, १८ जेठ २०७८ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको को’रोना सं’क्रमण दर तिव्र रुपमा बढेपछि शहिद लखन गाउँपालिका ७ का केहि क्षेत्र सिल गरिएको छ ।
शहिद लखन गाउँपालिका कार्यलयले आज एक सुचना जारी गर्दै वडा नम्बर ७ स्थित वयाक, चारघरे पिपलछाप सि’ल गरेको जनाएको छ । एक हप्ताको लागि सं’क्रमण तिव्र भएको क्षेत्रमा सिल गर्ने निर्णय गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । को’रोना सं’क्रमण तिव्र रुपमा फैलिएकाले नियन्त्रणका लागी उक्त क्षेत्र सिल गरिएको हो ।
पछिल्लो समय पिसिआर परिक्षण र एन्टिजेन परिक्षण गरिएका ५० प्रतिशत भन्दा बढीको रिपोर्ट कोरोना पोजेटिभ आएकाले गाउँपालिकाले उक्त क्षेत्र सि’ल गर्ने निर्णय गरेको हो ।
साथै, अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन, एक घरबाट अर्को घर नजान, सामुहिक काम, भेटघाट नगर्न गाउँपालिकाले आग्रह समेत गरेको छ ।









































