गोरखा, १३ जेठ २०७८ । प्रदेश सभा सांसद प्रकाश चन्द्र दवाडीले गोरखाको वारपाकमा चिकित्ससको सिफारिस अनुसारको औषधि र अन्य स्वास्थ्य सुरक्षा सामाग्री पठाउनु भएको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा ग्रामीण क्षेत्रमा सं´क्रमणको दर उच्च देखिएको छ ।

गोरखा क्षेत्र न २ ख को विभिन्न ठाउँमा क्प्रोना संक्रमण ह्वात्तै बढेको र वारपाक लगायतको क्षेत्रमा स्थिती थप जटिल बन्दै गएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा को’रोना संक्रमण दर ब्यापक बढेको छ । गएराती तीन जना सहित दुई सातामा १२ जनाको ‘मृत्यू भएको छ । मृ’तक सबैमा को’रोनाको मिल्दोजुल्दो लक्षण देखिएको स्थानीयले बताएका छन् ।

प्रदेशबाट भोली नै बारपाकको लागी डाक्टर, नर्श सहितको चिकित्सक टोली बारपाक पठाउने ब्यवस्था गरिएको स्वास्थ्य सचिवले जानकारी दिनुभएको प्रदेश सभाका सांसद प्रकाश चन्द्र दवाडीले बताउनु भयो ।









































