गोरखा, १२ जेठ २०७८ । युएनडिपीद्वारा गोरखाका विभिन्न पालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
गोरखाको परियोजनाको कार्यक्षेत्र रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिदलखन गाँउपालिका, धार्चे गाँउपालिका,गण्डकी गाँउपालिका, अजिरकोट गाँउपालिका र आरुघाट गाँउपालिकामा सहयोग सामग्री हस्तान्तरण गरेको छ । परियोजनाले गोरखा अस्पताल र आँपपिपल अस्पताल एवम् शव व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री एक कार्यक्रमका विच हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले हालको अवस्थामा स्वास्थ्य सामग्री अति आवश्यक भएको र यसवाट को’भिड जस्ता महामारीबाट नागरिकको जीवन रक्षामा सहयोग पुग्ने यस खालका सामग्री आवश्यकता अनुसार आगामी दिनमा समेत सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गर्नुभयो ।
सबै पालिकामा गरेर पि.पि.ई सेट – पि. पि. ई सुट, फेस सिल्ड, ग्लोव्स्, मेडिकल मास्क र बुट १०० सेट, अक्सिमिटर ५५ थान, फेस सिल्ड ५००थान, सर्जिकल ग्लोव्स ३००जोडी, एन९५ मास्क ४२० थान, हयान्ड स्यानिटाईजर २८ लिटर, अक्सिजन मास्क १०थान, एडजष्टेबल भेनिचुरी मास्क १०, हयाण्ड वास सोलुसन २०, स्क्रबगाउन २०, डिस्पोजेवल ग्लोव्स् ६० प्याकेट र एन्टिजेन किट २५ थान लगायतका कोभिड प्रतिकार्य सम्बन्धी सामग्री हस्तान्तरण गरिएको परियोजनाका जिल्ला संयोजक घनश्याम खतिवडाले बतानुभयो ।









































