गोरखा, सोमबार, १० जेठ २०७८ । गोरखाको आपपिपल अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

पालुङटार नगरपालिका अन्तर्गत रहेको आपपिपल अस्पतालको को’भिड -१९ आइसोलेशन कक्षमा उपचाररत बिरामीहरुको उपचार सहजीकरणका लागि राधा पौडेल फाउन्डेसनद्वारा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
उक्त अस्पतालको लागि १ सेट अक्सिजन कन्सन्ट्रेटर, १० थान पल्स अक्सिमिटर, १० सेट पिपीई , १०० थान फेस सिल्ड र २५ थान स्यानेटरी प्याड पालुङटार नगरपालिका नगर प्रमुख ई दिपक बाबु कंडेलको उपस्थितिमा आपपिपल अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

को’रोना म’हामारीको चपेटामा रहेको नगरपालिकालाई राधा पौडेल फाउन्डेसनद्वारा गरिएको सहयोगले बिरामी उपचारमा ठुलो सहयोग पुगेको छ । हालसम्म आपपिपल अस्पतालमा ९ जना को’रोना सं’क्रमित बिरामीको उपचार गरि सकेको छ भने २ जना उपचाररत छन ।
राधा पौडेल फाउन्डेसनको तर्फबाट अनुपा रेग्मी र नगर शिक्षा समिति सदस्य बम बहादुर थापाको समन्वय र सहजीकरणमा उक्त स्वास्थ्य सामाग्री नगरपालिकालाई उपलब्ध गराउनु भएको थियो ।









































