पोखरा, बुधबार, ५ जेठ २०७८ । गण्डकी प्रदेशमा अ’क्सिजनको अ’भाव नहुने भएको छ ।
प्रदेशमा अ’क्सिजनको उत्पादन मागको तुलनामा बढी रहेका कारण अहिले प्रदेशमा अ’क्सिजनको समस्या नरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार दैनिक रुपमा मुस्ताङमा १५, स्याङ्जामा १०, लमजुङमा १८, नवलपरासीमा १८, गोरखामा १८, पर्वतमा ३०, बागलुङमा ३० र म्याग्दीमा १८ सिलिण्डर अक्सिजन ग्यास उत्पादन हुने गरेको छ ।
पोखरा अ’क्सिजन प्रा लि ले प्रतिघण्टा ३० सि’लिण्डर र कालीगण्डकी अक्सिजन प्रा लि ले प्रतिघण्टा २० सि’लिण्डर अ’क्सिजन उत्पादन गर्ने क्षमता राख्दछन् । २४ घण्टा उत्पादन गर्दा एक हजारभन्दा बढी सि’लिण्डर उत्पादन गर्ने क्षमता राख्दछन् ।
प्रदेशमा अ’क्सिजन उत्पादन गर्ने नीजि क्षेत्रका दुई ठुला उद्योग पछिल्ला दिनमा २४ सै घण्टा सञ्चालन हुँदै आएका छन् । सरकारी र नीजि क्षेत्र गरी दैनिक एक हजार पाँचसय सि’लिण्डरको हाराहारीमा अ’क्सिजन उत्पादन गर्ने क्षमता रहेको छ ।









































