गोरखा, सोमबार, ३ जेठ २०७८ । गोरखा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । प्लान्टबाट प्रतिमिनेट ८० लिटर अक्सिजन उत्पादन हुनेछ ।
उहाँका अनुसार पाइपलाइन बिस्तारको काम भने बाँकी रहेको छ । कोरोना संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन बेडमा तत्कालका लागि अस्थायी रुपमा पाइपलाइन जडान गर्ने तयारी भइरहेको बताउनुभयो । ‘नयाँ भवनको बिरामी भर्ना हुने सबै वार्डमा स्थायी रुपमा पाइपलाइन जडान भइसक्यो तर, भवनको काम सकिएको छैन, त्यसैले अहिले संक्रमितको उपचारका लागि बनाइएको आइसोलेसन वार्डमा अस्थायी रुपमा पाइपलाइन जडान गरेर अक्सिजनको व्यवस्था गर्न लागेका हौं,’ सुचना अधिकारी ढकालले भन्नुभयो ।
गण्डकी प्रदेश सरकारबाट प्राप्त ४९ लाख लागतमा अक्सिजन प्लान्ट जडान गरिएको हो । अब केही दिनमै अक्सिजन उत्पादन सुरु हुने अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताउनु भयो ।
हाल गोरखा अस्पतालमा संक्रमितका लागि निर्माण गरिएको आइसोलेसनमा १४ बेड छन् । प्रदेश सरकारबाट प्राप्त २५ वटा एचडीयू बेड जडानको काम पनि भइरहेको अस्पतालले जनाएको छ । हाल चार जना संक्रमित उपचाररत रहेको ढकालले बताउनु भयो ।









































