वाग्मती, शुक्रबार, ३१ बैशाख २०७८ । वाग्मती प्रदेशको राजधानी हेटौँडासहित मकवानपुर जिल्लामा कोभिड–१९ का बिरामीलाई आवश्यक अक्सिजन सिलिण्डर अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालयले आवश्यक पूर्वतयारी थालेको छ ।
जसका लागि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाट हेटाँैडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सुपेन्द्र कार्कीको संयोजकत्वमा अक्सिजन व्यवस्थापन समिति गठन गरी व्यस्थापनको काम अघि बढाएको हो ।
उक्त समितिमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत दिलीपकुमार श्रेष्ठ, हेटौँडास्थित तीनवटै अक्सिजन सप्लायर्सका प्रमुख सदस्य रहेका छन् ।
सो समितिले हेटाँैडा अस्पताललगायत जिल्लास्थित सबै स्वास्थ्य संस्थामा आवश्यक पर्ने अक्सिजनको आँकलन एवं नियमित आपूर्तिको व्यवस्था मिलाउने र सोको जानकारी दैनिकरूपमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई गराउने छ ।









































