गोरखा, १९ बैशाख २०७८ । राष्ट्रिय गौरवको रुपमा हेरिएको बुढी गण्डकी जलविधुत परियोजनाबाट प्रभावित क्षेत्र गोरखा र धादिङ जिल्लाका बुढिगण्डकी जल विधुत परियोजनाबाट स्थानीय स्तरमा पर्ने प्रभाव र जनजिवनमा पर्ने असरलाई समेटेर अन्तराष्ट्रिय स्तरको वृत्तचित्र निर्माण गर्नु पर्ने विषयमा गोरखा र धादिङका स्थानिय निकाय र राजनितिक दलहरुले चासो सहित प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रभावित क्षेत्र भित्रका केहि स्थानको पहिलो चरणको मुआब्जा वितरण गरेको करिब ४ बर्ष भएपनि केहि क्षेत्रको भने अझै पहिलो चरणको मुआब्जा वितरण नभएको, पहिलो चरणको मुआब्जा वितरण भएको क्षेत्रको दोस्रो चरणको घर गोठ, बोट विरुवाको मुआब्जा वितरण कार्यमा आज सम्म ध्यान नपुगेको पुर्नवास, पुर्ननिर्माण र महत्वका रुपमा हेरिएको बुढी गण्डकी चक्रपथ निर्माणको कुनै पनि तयारी नहुनुका साथै प्रभावित क्षेत्रका बासिन्दा प्रति, ऊनिहरुका जायज माग प्रति परियोजना जिम्मेवार नभएको गुनासो समेत हुदै आएको पाईन्छ।
राज्य र परियोजना आफै संवेदनशिल भएर प्रभावित क्षेत्रको हालको बस्तुस्थिति,बसोबास, धार्मिक,ऐतिहासिक धरोहर, मठ, मन्दिर, ऐतिहासिक बगैचा, ऐतिहासिक बजार, धर्म, कला, संस्कृति, रितिरिवाज, सो क्षेत्रका बासिन्दाले मान्दै आएका चार्डपर्व,जात्रा लगाएत सो क्षेत्रमा ऊत्पादन हुदै आएका बालिनाली लाई समेटेर श्रव्य,दृष्य सामाग्री वृत्तचित्र निर्माण गर्दै विकाशका लागी पुर्वाधारको तयारी गर्दै पुर्खाको थलो भावि पुस्ता सम्म लाई हस्तान्तरण गर्नु पर्ने भएपनि आज सम्म परियोजनाले कुनै तयारी नगरेको समेत बताइएको छ ।
राज्य र परियोजना प्रभावित क्षेत्र प्रति संवेदशिल नबनेपछि सोहि क्षेत्रका स्वदेश र प्रवासमा बस्ने सामाजिक क्षेत्रमा क्रियाशिल युवाहरुको सामुहिक पहलमा “बुढी गण्डकी सभ्यता, सेरोफेरो र वृत्तचित्र निर्माण” का लागी राष्ट्रिय स्तरका धेरै डकुमेन्ट्रिहरु निर्माण गरिसकेको “ग्लोरी मिडिया प्रा लि” संगको सहकार्यमा प्रपोजल सहित गोरखा र धादिङका स्थानीय निकायलाई निर्माण कार्यमा सहकार्य र सहयोग गर्न परेको निवेदनमा धादिङ जिल्लाका स्थानिय निकाय र सो क्षेत्रका राजनितिक दलका प्रतिनिधिहरुको बैठकले मिति २०७७ मंसिर ८ गते ज्वालामुखी गाउँपालिकाको कार्यालयमा सामुदायिक विधुत ऊपभोक्ता राष्ट्रिय महासंघ बाग्मती प्रदेशका संयोजक राम प्रसाद अधिकारीको अध्यक्षतामा निर्माण कम्पनीको प्रतिनिधि सहित बैठक सम्पन्न भएको र वृत्तचित्र निर्माण कार्यका लागी धादिङका सबै प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु सहमत भएको जनाईएको छ ।
त्यसैगरी गोरखा जिल्ला तर्फ पनि मिति २०७८ बैशाख ५ गते भिमसेन थापा गाऊपालिकाको कार्यालयमा भिमसेन थापा गाउँपालिका प्रमुख ईश्वर पाण्डेको अध्यक्षतामा आरुघाट गाउँपालिका प्रमुख पुर्ण दाहाल सहित निर्माण कम्पनीका प्रतिनिधि बैठक बसि आफुहरु पनि वृत्तचित्र निर्माण कार्यको लागी सहकार्य र सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भएको जनाईएको छ ।
गोरखापट्टिका अन्य स्थानिय निकायको हकमा भने गण्डकी गाउँपालिका र शहिद लखन गाउँपालिकाले ब्यस्थताका बाबजुद बैठकमा उपस्थित हुन नसकेपनि फोन मार्फत आफ्नो गाउँपालिका पनि निर्माण कार्यमा सहमत रहेको प्रतिबद्धता व्यक्त गरेको जनाईएको छ।
साथै, निर्माण कार्यको लागी थप सहजिकरण गर्नको लागी धादिङ र गोरखाका राजनितिक दलका प्रतिनिधि स्थानिय निकायका प्रमुख, उप -प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको संयुक्त बैठक राख्नु पर्ने र यसका लागी निर्माण कम्पनीले सहजिकरण गर्नको लागी बैठकमा ऊपस्थित गाउँपालिका प्रमुख द्वय दाहाल र पाण्डेले वृत्तचित्र निर्माण कम्पनीका निर्देशक किरण खनाल लाई आग्रह गर्नु भएको समेत बताईएको छ ।
करिब ५० लाख बराबरको निर्माण स्टमेट तयार गरेको ग्लोरी मिडिया प्रालिले करिब एक बर्ष निर्माण अवधि लाग्ने र वृत्तचित्रमा प्रभावित क्षेत्र भित्रका १ बर्ष भित्र ऊत्पादन हुने बालिनाली, मनाईने चार्डपर्व,जात्रा, ऐतिहासिक धार्मिक धरोहर, वन जंगल र भौतिक संरचना लगाएत सम्पुर्ण विषयवस्तु लाई अत्याधुनिक प्रविधि मार्फत कैद गरेर पुर्खाको थलो भावि पुस्ता सम्म हस्तान्तरण गर्नुका साथै सो क्षेत्रको विकाशका लागी पुर्वाधार तयार गर्ने समेत बताईएको छ।
निर्माण कम्पनीले आफ्नो आन्तरिक गृहकार्य सम्पुर्ण तयारी भएको तर सहकार्य गर्ने स्थानिय तह, दुवै जिल्लाका राजनितिक दलको संयुक्त बैठक पश्चात आवश्यक निर्णय भए पश्चात एक कार्यक्रममा बिच समुद्घघाटन गरेर अगाडि बढ्ने समेत बताएको छ ।
लामो समय प्रभावित क्षेत्रका बासिन्दाको मुद्धा ऊठाऊदै संघर्ष गर्दै आएको बुढिगण्डकी जलविधुत परियोजना राष्ट्रिय सरोकार समितिसंग पनि केहि अनौपचारिक संवाद भएको उहाँहरुको साथ, सहयोग,सल्लाह र सुझाव पाउनेमा आफुहरु विश्वस्त रहेको धारणा समेत निर्देशक खनालले जानकारी गराऊनु भएको छ ।
स्थानिय निकाय,राजनितिक दलहरुले आफुहरुले उठान गरेका विषयमा सकारात्मक धारणा बनाउदै निर्माण कार्य नजिक पुग्नु भएकोमा सम्पुर्ण स्थानिय निकाय, राजनितिक दलका प्रतिनिधिहरु लाई वृत्तचित्र निर्माण कार्यमा प्रोग्राम कोर्डिनेटरको भुमिकामा रहनु भएका विराट खनालले प्रवास बाट नै धन्यवाद प्रकट गर्नु भएको छ ।
साथै आफु प्रवासी भुमिमा भएपनि ग्लोरी मिडियाले दिएको जिम्मेवारीमा आफु प्रतिबद्ध भएको र आज सम्म कोर्डिनेशनको भुमिकामा केहि ढिला हुन पुगेकोमा समेत क्षमायाचन गर्नु भएको छ।
निर्माण कम्पनीले वृत्तचित्र निर्माणको गर्नुको निम्न उदेश्य समेत रहेको बताएको छ।
१, आम समुदायलाई सु-सुचित गर्न ।
२, समुदायको हौसला अभिवृद्धि गर्दै ऊनिहरुलाई जागरुक गराउन।
३, भविष्यमा पर्यटन प्रवर्द्धनका लागी प्रचार,प्रसार गर्न ।
४, सरोकारवालाहरु लाई आकर्षित गराउन ।
५, स्थानिय विकास र समुदायको ऊत्थानका निम्ति आधार तयार गर्न ।
६, विकास र समुदायको ऊत्थानका निम्ति भए गरेका कार्यहरुको व्यवस्थित,छरितो र आधुनिक तवरले अभिलेख राख्न मद्धत पुर्याउन ।
७, सामाग्री अभिलेखका रुपमा रहने र भविष्यमा कार्यक्रम र योजना निर्माणमा सहयोग पुर्याउन ।
८, प्रभावित बासिन्दाहरुको समस्या समाधान गर्न र सघाऊन।
९, प्रभावित जनसमुदायको मनलाई बिचलित हुनबाट रोक्न ।
१०, पुर्खाको थलो भावि पुस्ता सम्म हस्तान्तरण गर्न
लगाएतका ऊदेश्य राखेर निर्माण गर्न लागीएको समेत जानकारी हुन आएको छ।
साथै प्रोग्राम कोर्डिनेटर खनालले यस अभियानमा सघाउ पुर्याउनको लागी गोरखा र धादिङका सम्पुर्ण राजनितिक दल, जन प्रतिनिधि, पत्रकार , बुद्धीजीवी,सामाजिक अभियन्ता लगाएत परिवर्तनका पक्षधर आम प्रभावित क्षेत्रका युवाहरु लाई समेत हार्दिक अपिल गर्नु भएको छ ।












































