गोरखा, बिहिबार, १६ बैशाख २०७८ । गोरखाको पालुङ्टारमा आइसोलेसन निर्माण गरिएको छ ।
गोरखाको पालुङ्टार नगरपालिकाले कोेभिडको महामारीको अवस्थालाई मध्यनजर राख्दै तयारीको रुपमा आइसोलेसन निर्माण गरेको हो ।
उहाँका अनुसार नगरपालिकाको वडा नं. ४ मा पहिले क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको सुदर्शन आधारभूत विद्यालयमा २० वेडको आइसोलेसन बनाउने तयारी अनुरुप हाल सम्म १४ बेड तयार भइसकेको र बाँकी ६ बेड थप्न बाँकी रहेको बताउनुभयो । आवश्यकताअनुसार क्वारेन्टाइन तथा आइसोलेसन थप गर्दै जाने योजना रहेको पनि अधिकारीले बताउनुभयो ।
बिगतको बर्षमा जस्तै कोभिडबाट प्रभावित हुनेको संख्या बढन थालेपछि पूर्व तयारीस्वरूप आइसोलेसन निर्माण गरिएको स्वास्थ्य शाखाका प्रमुख कृष्ण अधिकारीले जानकारी दिनुभयो ।









































